काठमाण्डौं, १७ मंसिर । नेपाली बजारमा सुनको मुल्य आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ आज तोलामा एक सय १० रुपैयाँले बढेको छ । चाँदी एक सय १० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको छ । तोलाको तीन हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।











