जारी एनपीएलमा साविक विजेता जनकपुरको पहिलो जित

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, मंसिर १६ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ। जनकपुरले आफ्नो पाँचौँ खेलमा पहिलो जित निकालेको हो।

लगातारको हार भोग्दै आएको जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जित निकालेको हो। चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो।

जनकपुरका लागि ओपनर माज सदाकतले सर्वाधिक ६३ रन बनाउँदा अनिल शाहले ६१ रन बनाए। आसिफ शेख १६ र जोन निकोल लोफ्टी इन्टन ११ रन बनाए। आदित्य मेहता १८ र सन्जय कृष्णमुर्ती ५ रनमा अविजित रहे।

बलिङमा चितवनका सोहिल तन्विर, कमलसिह ऐरी र अमरसिंह रौटेलाले एक–एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो।

चितवनका लागि ओपनर डेविड मलानले सर्वाधिक ८० रन बनाएका थिए। अर्जुन साउँद ५२ रनमा आउट हुँदा सैफ जैव ७, रवि बोपारा ३ रनमा आउट भए। कप्तान कुशल मल्ल ३० र अमरसिंह रौटेला एक रनमा अविजित रहे।

बलिङमा जनकपुरका अनिल शाह, माज सदाकत, रुपेश सिंह र जोन निकोल लोफ्टी इन्टनले एक–एक विकेट लिएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्