काठमाडौँ । कोशी, मधेश र बागमती प्रदेशमा हाल दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।











