काठमाडौँ, १६ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ १६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ १३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ४० पैसा र बिक्रीदर ११० रुपैयाँ ८६ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४७ पैसा र बिक्रीदर चार रुपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १७ पैसा र बिक्रीदर १५ रुपैयाँ २४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २७ पैसा र बिक्रीदर २२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।











