काठमाडौं, मंसिर १५ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको वर्तमान परिस्थीतिमा केपी ओलीलाई नै पार्टीको अध्यक्षको रुपमा चयन गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले जेनजी आन्दोलन अघि र पछि केपी ओली नेतृत्वको सरकार र एमालेलाई चौतर्फी घेराबन्दी र बद्नमा गर्ने प्रयास भएकाले फेरी पनि पार्टीको अध्यक्षमा ओलीलाई नै निरन्तरता दिनुपर्ने बताउनुभएको हो ।
जनताको बहुदलीय जनवादका उत्तराधिकारीका हिसाबल समेत आगामी महाधिवेशनबाट ओली एमालेको अध्यक्ष बन्नुपर्ने उहाको भनाइ छ । केहि व्यक्तिहरु सडकबाट एमालेको नेतृत्व गर्नुपर्छ भन्ने आवाज उठाउने गरेको भन्दै गुरुङले सडकमा उठेको आवाजकै कारणले पार्टीले आफ्नो नेता परिवर्तन नगर्ने स्पष्ट पार्नुभयो ।
उहाले राष्ट्रियताका पक्षमा राखेका अडानका कारण एमाले र केपी ओलीमाथि प्रहार भएको जिकिर गर्नुभयो । उपमहासचिव गुरुङले निर्वाचन गर्ने वर्तमान सरकारको नियत नरहेको आरोप लगाउनुभयो ।













