आफ्नो छाटो कार्यकालमा स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्छु -मन्त्री डा. सुधा गौतम

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १५ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले आफ्नो छाटो कार्यकालमा स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्ने बताउनुभएको छ ।

सोमबार मन्त्रालयमा बाजुरामा स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाउन आएका युवाहरुसंगको छलफलका क्रममा मन्त्री गौतमले फागुनसम्ममा स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्ने बताउनुभएको हो ।

निर्वाचनको आचारसंहिता लागू हुनुभन्दा पहिलेनै छिटो रफ्तारमा काम गर्न आफुले मातहतका निकायलाई निर्देशन समेत दिएको उहाले बताउनुभयो । मन्त्री गौतमले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा मेडिकलको पढाइ सुरु गर्ने प्रयास भइरहेको भन्दै आवश्यक जनशक्ति प्रवन्धको तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाले गेटामा आवश्यक स्रोत साधन उपलव्ध गराउन मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो । त्यस्तै मन्त्री गौतमले बाजुरा जिल्ला अस्पताललाई सुदृढिकरण गर्न केन्द्रले आवश्यक सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्