काठमाण्डौं, १५ मंसिर । नेपाली बजारमा आज सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । एक हजार चार सय रुपैयाँले बढेसँगै तोलाको दुई लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेको छ । चाँदी आज ४५ रुपैयाँले बढेर तोलाको तीन हजार पाँच सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।











