काठमाडौँ । सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढी हो। विगत एक सातामा सुनको भाउ करिब ९ हजार रुपैयाँले वृद्धि भएको छ। गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो।
सुनको भाउ यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।
चाँदीको भाउ पनि रेकर्ड नजिक पुगेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ३,३४५ रुपैयाँ तोकेको छ। यसअघि असोज ३१ गते चाँदीको भाउ ३,३५० रुपैयाँमा पुगेको थियो।











