नेप्से उकालो: ९.६१ अंक वृद्धि

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधवार पनि वृद्धि भएको छ । चार दिनयता बजार वृद्धि हुँदै आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार नेप्से ९.६१ अंकले बढेर २ हजार ६६५.६० विन्दुमा पुगेको हो । मंगलवार पनि नेप्से ५.३२ अंकले बढेर बन्द भएको थियो ।

त्यस्तै, बुधबार सेन्सेटिभ इण्डेक्स १।६४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंकले बढेको छ । बुधवार कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

मंगलवारको तुलनामा बुधवार नेप्सेसँगै कारोबार रकम पनि बढेको हो । अघिल्लो कारोबारको दिन ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । कारोबारमा आएका ४ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । जसमा झापा इनर्जी, सागर डिष्लिटरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, रिभर फल्स पावरको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता बोटलर्स नेपालको सेयर मूल्य भने ३.९४ प्रतिशत घटेको छ। १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ । जसमा ५ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.९९ प्रतिशत बढेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, व्यापार,बैंकिङ उपसमूहको परिसूचक ०.६० प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ६२ करोड ४३ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको २६ करोड ७५ लाख बराबरको शेयर कारोबार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्