सुन तोलामा १ हजार ९ सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ८ मंसिर । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा एक हजार नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४४ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज २० रुपैयाँले घटेर तोलाको तीन हजार एक सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्