जबर्जस्ती करणी गरेको अभियोगमा लिम्बू पक्राउ

न्युज कारखाना 
  • ख-
  • ख+

ओखलढुंगा, १४ मंसिर ।

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथरमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीले बलात्कार अभियोगमा मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुणकुमार लिम्बूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

लिम्बूले ती महिलालाई ओखलढुंगा सिद्धिचरण नगरपालिका–११ मा गत ३ कात्तिकमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्