यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २६ कात्तिक । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८० पैसा र बिक्रीदर १०१ रुपैयाँ २३ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्