काठमाण्डौं, २३ कात्तिक । आज (आइतबार) सुनको भाउ सामान्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुनको भाउ तोलाको दुई लाख ३७ हजार चार सय रुपैयाँ थियो ।
यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको तीन हजार २० रुपैयाँ थियो ।












