सेयर बजारमा राताम्मे हुँदा घट्यो कारोबार रकम

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, कार्तिक १८ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भारी अंकले गिरावट आएको छ। आज बजार २७ अंकले गिरावट हुँदै बन्द भएको हो।

सेयर बजारमा गिरावट आएसँगै आज परिसूचक २५९५ विन्दुमा पुगेको छ। परिसूचकमा गिरावट आएसँगै कारोबार रकम पनि खुम्चिएको छ। सोमबार ६ अर्बभन्दा बढी कारोबार भएको सेयर आज पाँच अर्ब १५ करोडको मात्रै कारोबार भएको छ।

आज बजारमा जम्मा ३३ कम्पनीको सेयर मूल्य बढ्दा ११३ कम्पनीको मूल्यमा गिरावट आएको छ। यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ।

आज सेयर बजारमा गिरावट आए पनि माबिलुङ इनर्जी लिमिटेडको मूल्य सकारात्मक सर्किट लागेको छ। यसको विपरीत मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको मूल्यमा नकारात्मक सर्किट लागेको छ। यस्तै, एक्सल डेभलपमेन्ट बैैंकको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्