काठमाण्डौं, १७ कात्तिक । आज सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ हिजो जस्तै तोलाको दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर तोलाको तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।











