आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १६ कात्तिक । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६७ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्