काठमाण्डौं, ११ कात्तिक । मंगलबार सुनको भाउ तोलामा दुई हजार ९ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय ८० रुपैयाँ थियो ।











