काठमाडौँ, ११ कात्तिक । नेपाल राष्ट्र बैङ्कले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८२ पैसा र बिक्रीदर १०१ रुपैयाँ २४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।











