आज सुन तोलाको २ हजार रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १० कात्तिक । सोमबार नेपाली बजारमा सुनको भाउ दुई हजार रुपैयाँले घटेको छ । आज सुन तोलाको २ लाख ३९ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४१ हजार नौ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्