नेप्से बढ्यो, कारोबार रकम घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । र नेपाल शेयर बजार (नेप्से) अन्तिम समयमा हरियो मुडमा फर्किएको छ। दिनभर उतार–चढावबीच चलेको कारोबार अन्त्यमा नेप्से सूचक ५.१९ अंकले बढ्दै २५०९ अंकमा कायम भएको छ।

दिनको शुरुवातदेखि नै दबाबमा रहेको बजार ११ः२३ बजे २४७० अंकसम्म झरेको थियो, जुन आजको न्यूनतम स्तर हो। त्यसपछि साढे २ बजेपछिदेखि बजारमा क्रमिक सुधार देखा पर्‍यो।

आइतबार बजारमा कारोबार रकम भने घटेको छ। नेप्सेमा जम्मा २ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ।
तुलनात्मक रूपमा हेर्दा, तिहारअघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको थियो।

आज ९८ कम्पनीको मूल्य बढ्दा १४६ कम्पनीको घटेको र ४ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
समूहगत सूचक हेर्दा ‘अन्य समूह’ सबैभन्दा बढी ३.०५ प्रतिशतले उकालो लागेको छ।
यो वृद्धि मुख्यतः नेपाल पुनर्बीमा कम्पनीको ७.१० प्रतिशत मूल्य वृद्धिका कारण भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्