चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक: दुई यूवतीले बाँच्नका लागि गरेको संघर्षको कथा

खबर बुक
  • ख-
  • ख+

मंसिरको १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रमा नायिका रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाँई केन्द्रिय भूमिकामा छन् । १३ दिन लगाएर खिचिएको चलचित्रमा कथा, पटकथा, संवाद र निर्देशन आर.बी पूनको छ ।

चलचित्रलाई भगवान भुजेलले निर्माण गरेका हुन् । राजकुमार राउत कार्यकारी निर्माता रहेको चलचित्रमा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माताको रुपमा छन् ।

यो चलचित्रमा रिस्ता र सुनिशाको साथमा रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । सुर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन रहेको चलचित्रमा सुरेश बस्यालको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

डेढ मिनेट लामो ट्रेलरमा दुई यूवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाइएको छ । यो चलचित्रले विशेषगरि, अपहरणमा परेपछि २ यूवतीले बाँच्नका लागि के के गर्छन् भनेर देखाएको छ ।

यो चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई एउटा नयाँ कथा दिने निर्माता भगवान् भुजेलको तर्क छ । बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो चलचित्र बनेको हो ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्