काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँ कायम गरिएको छ।
यसअघि आइतबार सुनको मूल्य तोलामा २ लाख ५३ हजार २०० रुपैयाँ थियो। सो अनुसार सुनको मूल्य एकै दिनमा ३०० रुपैयाँले वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार तोलामा ३ हजार २७५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले बढेर ३ हजार २८० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
महासंघले दैनिक अन्तर्राष्ट्रिय बजारको मूल्य तथा भन्सार दरलाई आधार मानेर स्वदेशी बजारका लागि सुनचाँदीको दर तय गर्दै आएको छ।











