आज सुनको भाउ एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ २ कात्तिक– आज सुनको भाउ एकैदिन ४ हजार ८ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ एकैदिन तोलामा चार हजार आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ७५ रुपैयाँले घटेर तोलाको तीन हजार दुई सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार तीन सय ५० रुपैयाँ रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्