सुनको मुल्य हालसम्मकै उच्च, तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुग्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ ३० असोज । नेपाली बजारमा सुनको मुल्य मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य थप बढ्दै तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो।

महासंघका अनुसार बिहीबार १० ग्राम सुनकै २ लाख १५ हजार १०५ रुपैयाँ पुगेको छ ।

यसअघि बुधवार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस आधारमा बिहीबार सुनको मूल्य २ हजार रुपैयाँ बढेर कीर्तिमानी बिन्दु छोएको हो ।

यस्तै चाँदीको मूल्य समेत बढेको छ। बुधवार तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्