यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रूपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा रहनेछ ।

यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रूपैयाँ ६७ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७५ रूपैयाँ ७३ पैसा र बिक्रीदर १७६ रूपैयाँ ४८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ६८ पैसा र बिक्रीदर ९२ रूपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ २० पैसा र बिक्रीदर १०० रूपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ २९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३३ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ७३ पैसा र बिक्रीदर १९ रूपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ५० पैसा र बिक्रीदर ३७ रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७५ पैसा कायम भएको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्