काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले बुधबार राति सार्वजनिक सूचना जारी गर्दै बिहीबार (असोज १६) बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको जानकारी दिएको हो।
अब पेट्रोलको नयाँ मूल्य काठमाडौँ उपत्यका, पोखरा र दीपायलः प्रतिलिटर १५९ रुपैयाँ,सुर्खेत र दाङमा प्रतिलिटर १५८ रुपैयाँ ÷ अन्य क्षेत्रहरूमा प्रतिलिटर १५६.५० रुपैयाँ कायम गरिएको छ.
यसबाहेक, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन। ती इन्धनहरूको पुरानै दर यथावत् रूपमा कायम रहनेछ।











