आज सुन तोलाको २ लाख ४८ हजार ९०० रुपैयाँ पुग्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २९ असोज । सुनको भाउमा फेरी नयाँ किर्तिमा कायउम भएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुनको भाउ तोलाको दुई लाख ४८ हजार पाँच सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर तोलाको तीन हजार दुई सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्