काठमाडौं, असोज २८ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल बस्नका लागि घरभाडाको प्रस्ताव राख्ने समय थप भएको छ। उनी बस्ने घर नभेटिएपछि राष्ट्र बैंकले एक सूचना जारी गरी म्याद थप गरिएको हो।
राष्ट्र बैंकको सूचनाअनुसार घर भाडामा दिन इच्छुकले २०८२ कात्तिक १६ गतेभित्र प्रस्ताव पेश गर्न सक्ने छन्। यसअघि यो प्रस्ताव असोज २७ गतेसम्म मात्रै थियो।
राष्ट्र बैंकले भाडामा खोजेको घर ललितपुर महानगरको बखुण्डोलदेखि भैँसेपाटीसम्मको क्षेत्र रहेको छ। घरमा कम्तीमा एक रोपनी (१६ आनादेखि २४ आनासम्म) जग्गा हुनेपर्ने छ भने पाँच वटा सवारी साधन पार्किङको व्यवस्था हुनुपर्ने छ।
घरमा एउटा मास्टर बेडरुमसहित चार वटा बेडरूम, लिभिङ हल, किचेन, डाइनिङ हल, स्टोररुम, र सुरक्षाकर्मी बस्ने छुट्टै भवन हुनुपर्ने मापदण्ड राखिएको छ।











