सुनको मूल्य हालसम्मकै उच्च, तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २८ असोज। स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ भएको हो ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।

यस्तै, चाँदीको मूल्य मङ्गलबार बढेर तोलामा तीन हजार ३२५ रुपियाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । सोमबार चाँदी तोलामा तीन हजार २२० रुपियाँ कायम भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्