काठमाण्डौ, २७ असोज । आज सुनको भाउ दुई हजार चार सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो ।
यस्तै, चाँदीको भाउमा कीर्तिमान कायम भएको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार एक सय २५ रुपैयाँ थियो ।











