काठमाण्डौं, २२ असार । आज एकै दिन तोलामा दुई हजार ६ सय रुपैयाँले बढेको छ । ज तोलामा दुई हजार ६ सय रुपैयाँले बढेर दुई लाख ३८ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय थियो ।
यस्तै, आज चाँदीको भाउ भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी तोलाको दुई हजार नौ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय ६० रुपैयाँ थियो ।











