दसैंपछि खुलेको बजारमा भारी गिरावट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २१ । दसैंपछि खुलेको सेयर बजारमा भारी गिरावट आएको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से)मा ५८ अंकले घटेको हो। 

नेप्सेमा भारी गिरावटसँगै परिसूचक २६०४ अंकमा कायम भएको छ। यस्तै आज कूल कारोबार चार अर्ब ६२ करोड बराबरको मात्रै भएको छ। आज जम्मा १६ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो। एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सबै समूहका सूचक घटेका छन्।

जसमा बैंकिङमा १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१ प्रतिशतले घटेको छ। आज सेन्चुरी डिबेन्चरको १०, एनआईसी एसिया ऋणपत्रको ९.११, स्टान्डर्ड चार्टर्ड डिबेन्चरको ९ प्रतिशत मूल्य बढ्दा भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्