आज सुन तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २० असोज । सुनको भाउ हालसम्मकै उच्च भएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघेको छ । आज दुई हजार पाँच सय रुपैयाँले बढेर तोलाको तोलाको दुई लाख ३३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ दुई लाख ३० हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । आज चाँदीको भाउ तोलाको ३० रुपैयाँले बढेर दुई हजार नौ सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ दुई हजार नौ सय ३० रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्