आन्तरिक हवाई भाडादर सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडपर्वको बेला हवाई भाडा महँगो हुने अवस्थालाई ध्यानमा राख्दै नयाँ भाडादर सार्वजनिक गरेको छ ।
जसमा सबैभन्दा बढी काठमाडौं धनगढीको १७ हजार ५७९ भाडा दर रहेको छ ।

यस्तै, काठमाडौं विराटनगर भाडा ९ हजार ७८५ रहेको छ । काठमाडौं भरतपुरको ४ हजार ६४३, काठमाडौं भद्रपुर १२ हजार ११२, जनकपुरको ५ हजार ४७०, पोखराको ६ हजार ६३५ र नेपालगन्जको १३ हजार १०३ रुपैयाँ रहेको छ ।

सिमराको ३ हजार ९७८, भैरहवाको ८ हजार ४६१, राजविराजको ८ हजार २१०, सुर्खेतको ९ हजार ३० र तुम्लिङ्टारको ७ हजार ६३० रुपैयाँ तय भएको छ ।

तय भएको दरभन्दा बढी रकम लिएर टिकट विक्री गरेको पाइएमा कानूनबमोजिम कारबाही गरीने प्राधिकरणले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्