काठमाडौं, असोज १६ । नेपाल अन्तरराष्ट्रिय महिला ट्वेन्टी २० अन्तरराष्ट्रिय शृङ्खलाको पहिलो खेलमा मलेसियासँग ३ रनले पराजित भएको छ ।
मलेसियाको कुआलालम्पुरमा सिरिजमा मलेसियाले नेपाललाई ३ रनले हराउँदै जीत आफ्नो पोल्टामा पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रनको योगफल बनाएको थियो ।
आगामी जनवरीमा आयोजना हुने टी–२० विश्वकपको ग्लोबल छनोटको तयारी स्वरुप सोही प्रतियोगिताको तयारी स्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ ।











