यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ असोज । नेपाल राष्ट्र बैंकलेआजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा तोकिएको छ। यस्तै युरोपेली युरोको खरिद दर १६५ रुपैयाँ ९५ पैसा र बिक्री दर १६६ रुपैयाँ ६६ पैसा तोकिएको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १९० रुपैयाँ २८ पैसा र बिक्री दर १९१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ भने स्वीस फ्राङ्कको १७७ रुपैयाँ ४६ पैसामा खरिद र १७८ रुपैयाँ २१ पैसामा बिक्री हुने व्यवस्था गरिएको छ।

यस्तै अष्ट्रेलियन डलरको खरिद दर ९२ रुपैयाँ ९८ पैसा र बिक्री दर ९३ रुपैयाँ ३८ पैसा तोकिएको छ। क्यानेडियन डलरको १०१ रुपैयाँ ७२ पैसामा खरिद र १०२ रुपैयाँ १५ पैसामा बिक्री भएको छ ।

यसैगरी चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ९१ पैसा र बिक्री दर १९ रुपैयाँ ९९ पैसा रहेको छ। त्यस्तै, साउदी रियालको खरिद दर ३७ रुपैयाँ ७९ पैसा र बिक्री दर ३७ रुपैयाँ ९५ पैसा तोकिएको छ।

कतारी रियालको खरिद दर ३८ रुपैयाँ ८८ पैसा र बिक्री दर ३९ रुपैयाँ ०५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्