मधेसमा एकीकृत समाजवादीका मन्त्रीलाई हराउँदै एमालेका महतो विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ मंसिर । मधेश प्रदेशसभातर्फ धनुषा क्षेत्र नम्बर ४ (२) मा नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन् ।

मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोलाई हराउँदै हरिनारायण निर्वाचित भएका हुन् ।

विजयी भएका एमाले उम्मेदवार हरिनारायणले १७ हजार ३०२ मत ल्याएका छन् ।  उनका निकटतम प्रतिस्पर्धी मन्त्री शत्रुधनले १५ हजार ९६० मत पाए । हरिनारायण मिथिला नगरपालिकाका पूर्वमेयर समेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्