काठमाण्डौं, १२ असोज । आज सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ तोलाको दुई हजार आठ सय १० रुपैयाँ पुगेको छ ।











