काठमाडौं महानगर कार्यालयअघि सुकुम्बासीको प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ मंसिर । काठमाडौंको बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले काठमाडौं महानगरपालिका कार्यालयअघि प्रदर्शन गरेका छन्।

उचित व्यवस्थापन नगरी बस्दै आएको ठाउँबाट हटाउन खोजेको विरोधमा सुकुम्बासीहरूले महानगर कार्यालयअघि र थापाथलीमा प्रदर्शन गरेका हुन्।

एकीकृत  वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्