काठमाण्डौ – सुनको भाउ आज बढेको छ । सुनको भाउ आज एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको दुई लाख २१ हजार तीन सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज ५५ रुपैयाँले बढेर तोलाको दुई हजार सात सय ४० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ दुई हजार ६ सय ८५ रुपैयाँ थियो ।











