काठमाण्डौं, ९ असोज – लगातार बढेको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर तोलाको दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको भाउ तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा झरेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार सात सय रुपैयाँ थियो ।











