काठमाडौँ, ६ असोज । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।
युरोपियन यूरो एकको खरिददर १६५ रुपियाँ २० पैसा र बिक्रीदर १६५ रुपियाँ ९१ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपियाँ ४६ पैसा र बिक्रीदर १९० रुपियाँ २६ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ८० पैसा र बिक्रीदर १७७ रुपियाँ ५५ पैसा कायम गरिएको छ ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ७४ पैसा र बिक्रीदर ९३ रुपियाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपियाँ ०६ पैसा र बिक्रीदर १०२ रुपियाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ४७ पैसा र बिक्रीदर १०९ रुपियाँ ९४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७७ पैसा र बिक्रीदर १९ रुपियाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५० पैसा र बिक्रीदर ३७ रुपियाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ५९ पैसा र बिक्रीदर ३८ रुपियाँ ७५ पैसा कायम भएको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।











