यस्तो छ आज सुनचाँदीको बजार भाउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ मंसिर । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार चार सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार नाै सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्