यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ४ भाद्र । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा तोकिएको छ। शुक्रबार यसको भाउ एकको खरिदर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १६ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५ पैसा तोकिएको छ। शुक्रबार यसको भाउ एकको खरिददर ९३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा थियो।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १९ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा कायम भएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्