माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १३ मंसिर

माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् ।

सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकको अध्यक्षबाट डा. विरेन्द्र महतोले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । महतो गैरआवासिय संघका संस्थापक अध्यक्ष समेत छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्