काठमाण्डौ, २ भाद्र । नेपाली बजारमा सुनको मुल्य आज (बिहिबार) नौ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार सुनको मुल्य दुई लाख १६ हजार एक सय रुपैयाँ थियो ।
यस्तै आज चाँदी ३० रुपैयाँले घटेर दुई हजार पाँच सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी दुई हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो ।











