आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २ असोज । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ २७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ०९ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७८ रुपैयाँ २५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम भएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्