आज सुन तोलाको १ हजार रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १ असोज । सुनको भाउ आज (बुधबार) एक हजार रुपैयाँले घटेको छ । एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख १७ हजार एक सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ ४५ रुपैयाँले घटेर तोलाको दुई हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च दुई हजार पाँच सय ९५ रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्