काठमाण्डौं, १ भाद्र । सुनचाँदीको मुल्यले अहिलेसम्मकै उच्च भएको छ । सुनको आज (मंगलबार) तोलामा एक हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको दुई हजार पाँच सय ९५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार पाँच सय ७५ रुपैयाँ थियो ।











