काठमाण्डौं, ३० भाद्र । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०९ पैसा तोकिएको छ। अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ १३ पैसा तोकिएको छ।
युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ १० पैसा र बिक्रीदर १९१ रुपैयाँ ९१ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।
क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०२ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा कायम भएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।











